हेटौंडामा कोरोना जाँच गर्नेको चाप बढ्यो

तामसालिङ खबर
८ जेष्ठ २०७७, बिहीबार ११:५२

जेठ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा कोरोना भाइरसको परिक्षण गर्नेको चाप बढेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको हो ।

मन्त्री र शक्तिशाली सांसदका जिल्लाबाट आएको स्वाबको छिटो परिक्षण हुने र हेटौंडाको आइसोलेसनमा रहेकाहरुको ढिलो परिक्षण हुने गर्दा कोरोना जाच्न र रिपोट लिनका लागि चार दिन सम्म पर्खनुपर्ने बाध्यता भएको विरामीहरु बताउछन । लकडाउनकै समयमा घरमा वसेर काठमाण्डौ गएका थाहा नगरपालिकाका युवकका परिवारको समेत प्रयोगशालामा परिक्षण गर्न ढिलाइ गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाका कोरोना संका लागेकाहरुको परिक्षण गर्न काठमाण्डौ नजिक हुन्छ तर, हेटौंडाको ल्याबमा ल्याएर परिक्षण गर्दा ढिलाइ भएको प्रयोगशालाका प्राविधिकहरु स्वीकारेका छन् ।

प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता भएपनि अव निरन्तर हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले जानकारी दिए ।

कोरोना जाँच गराउनेहरु पछील्लो समयमा धेरै वढेकोले पनि समस्या हुँदै आएको र अव भने त्यस्तो समस्या नहुने उनले वताए । हेटौंडाको प्रयोगशालामा हाल सम्म ९ सय ६५ जनाको स्वाब परिक्षण सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*