बागमती प्रदेशको मूख्य प्राथमिकता कृषि र रोजगारी

तामसालिङ खबर
९ जेष्ठ २०७७, शुक्रबार ०६:२४

जेठ ९, हेटौडा – कोरोना भाइरसको त्रासपछी लाखौं जनाको रोजगारी गुमेकाले बागमती प्रदेश सरकारले रोजगारीलाई प्राथमिकता दिने भएको छ । प्रदेश सरकारले आगामी बजेटमा कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेटको तयारी थालेको हो।

विदेशमा रहेका हजारौं युवा स्वदेश फर्कने तयारीमा रहेको र स्वदेशमै रहेका युवा पनि बेरोजगार रहेको अवस्थामा कृषिलाई प्राथमिकता दिन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । जमिन बाँझो राख्न नदिनेगरी नीतिमै उल्लेख गरेर काम थालिएको मन्त्री ढुंगेलले दाबी गरेका छन् ।

किसानलाई अनुदान भन्दा पनि सहुलियत वा निर्ब्याजी ऋण दिने व्यवस्था गर्न लागिएको उनले बताए । विदेशबाट फर्किएका युवालाई पनि खेती गर्न सुरुवाती लगानी पूँजीसहित नेपालमै काम गर्ने वातावरण तयार पार्ने पनि उनले बताए ।

त्यस्तै, आउँदो बजेटमा मकवानपुरको भिमफेदी कुलेखानी सुरुङमार्ग, प्रदेशसभाको भवन निर्माण, मन्त्रालयहरु निर्माण लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिइने उनको भनाई छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*