बागमती प्रदेशमा ५० अर्बको बजेट ल्याइँदै

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार ११:५३

जेठ ६, हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको भन्दा केही बढी बजेट आउनेछ ।

राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न चरणमा छलफल गरेको छ । मन्त्रालयहरुसँग योजना समेत माग भइसकेको छ । आगामी आर्थिक वर्षमा प्रदेश सरकार मातहतका आठ वटा सरकारी अस्पतालको सुधार गर्ने विषय उच्च प्राथमिकतामा पर्ने आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले बताए ।

स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार पनि प्राथमिकतामा रहने उनको भनाइ छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेशका ६६ वटै निर्वाचन क्षेत्र र ११९ वटै स्थानीय तहलाई प्रत्यक्ष लाभ हुने प्रकृतिको विशेष कार्यक्रम पनि बजेटमा आउने जनाएको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बजेट पेस गरेको थियो । तर बजेट खर्च भने सन्तोषजनक हुन सकेको छैन । प्रदेश सभाको बैठक जेठ १२ गतेबाट बस्ने भएको छ ।

बैठकमा नेपाल सरकारलाई ठुला योजनामा सहलगानी गर्न प्रदेश सरकारले प्रस्ताव गर्नेदेखि आगामी बजेटको नीति तथा कार्यक्रममाथि छलफल समेत हुनेछ । छैठौं अधिवेशनमा प्रदेश सभा सचिवालयमा हाल चारवटा विधेयकहरु रहेका छन् । – थाहाखबर बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*