पहिलोपटक भेन्टिलेटरमा राखेका कोरोना संक्रमितको उपचार गर्दै

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार १६:२८

जेठ ६, रुपन्देही – रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्। अस्पताल प्रशासनले मंगलबार विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ । उनी स्थानीय एक विद्यालयका प्रधानाध्यापक हुन् ।

‘विभिन्न समाचारमाध्यममा यसबारे समाचार सम्प्रेषण हुनु स्वाभाविक हो । तर केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

एक हप्तादेखि ज्वरो तथा टाउको दुख्ने समस्या भएपछि यही जेठ १ गते अस्पताल पुगेका ती पुरुषको आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसर लगायत स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेका अस्पतालले जनाएको छ ।

थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना संक्रमण देखिएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*