हिमानी कोषद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार १०:२५

जेठ ६, काठमाण्डौ – हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत डाक्टरका लागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत सोमबार मास्क, स्यानीटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ ।

हिमानी कोष र एनएमएले सोमबार संझौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रदान गर्ने सहमति गरेका छन् ।

उक्त सम्झौता पत्रमा हिमानी कोषका तर्फबाट महासचिव रेश्मा राणा र नेपाल मेडिकल एशोसिएसनका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

हिमानी कोषले ५ हजार थान केएन ९५ मास्क, २४०० थान स्यानीटाईजर र ४८ थान लेजर थर्मोमिटर एनएमएका अध्यक्ष डा. लोचन कार्कीलाई हस्तान्तरण गरेको छ ।

हिमानी कोष र नेपाल मेडिकल एशोसियसन बिच स्वास्थ्य सेवालाई योगदान गर्न दिर्घकालिन रुपमा सहकार्य गर्ने समेत तयारी भएको छ । सहकार्यका बिषयहरु तय गरी केही समय भित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*