बागमती प्रदेशको प्रदेश सभा बैठक जेठ १२ गते हुने

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार ०९:०६

जेठ ६, हेटौडा – बागमती प्रदेशको प्रदेश सभाको बैठक यही जेठ १२ गते बस्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरीषदको बैठकले जेठ १२ गते अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

सरकारले आर्थिक कार्यविधि ऐनमा संशोधन गर्दै अध्यादेश जारी गरेपछि प्रि-बजेट छलफल पर धकेलिएको थियो । यसअघि जेठको पहिलो साता प्रि-बजेटको छलफलको तयारी गरेको प्रदेशसभा बैठक पनि प्रदेश प्रमुख विष्णु प्रसाईले अध्यादेश प्रमाणीकरण गरेपछि बैठक अनिश्चित भएको थियो ।

प्रदेशको आर्थिक कार्यविधि ऐनको दफा ९ मा पूर्वबजेट छलफल कम्तीमा एक महिनाअघि नै हुनुपर्ने प्रावधान छ । तर सरकारले तयारी गर्न नसकेपछि अध्यादेश जारी गरेर १५ दिनअघि मात्रै ‘ पूर्वबजेट पेस गरे हुने’ गरी कार्य विधि संसोधन गरेको थियो ।कोरोना भाईरस कोभिड १९ को त्रासका कारण भौतिक दुरि कायम गरेर बैठक बस्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*