कोरोना विरूद्धकाे खाेप मानिसमा गरिएको परीक्षण सफल

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार ०८:२४

जेठ ६, एजेन्सी – अमेरिकामा कोरोना भाइरस विरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको छ । नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदारमा बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यो खोपले अपेक्षा गरिएको भन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन् ।

एमआरएनए-१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले जानकारी दिएको हो । उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरस सँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन् । तर यो खोप थप परीक्षण पछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा.ताल ज्याक्सले बताएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*