नेपालमा थप ९ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार १०:१८

जेठ ५, काठमाडौं – नेपालमा सोमबार थप ९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएका परिक्षणमा रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुषहरु र रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ३ निवासी २८ बर्षिय एक महिला र बारा करैयामाई ५ का ३८ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको जनाइएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३६ जना निको भई घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*