थपिए ३ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ९५ पुग्यो

तामसालिङ खबर
४ जेष्ठ २०७७, आईतवार २०:०९

जेठ ५, काठमाडौं – आइतवार बेलुकी थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनकुटाकी ३४ वर्षीया महिला, मोरङकाे विराटनगरकी २९ वर्षीय महिला र विराटनगरकै ३६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । एक पुरुष र एक महिलाको कोरोनाका कारण मृत्यू भएको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*