नेपालमै सार्स कोभिड–२ को ‘जिन सिक्वेन्सिङ’ गरिने

तामसालिङ खबर
४ जेष्ठ २०७७, आईतवार ०९:५०

जेठ ४, काठमाडौं – नेपालमै सार्स कोभिड-२ को ‘जिन सिक्वेन्सिङ’ गरिने भएको छ । उपलब्ध जनशक्ति र पूर्वाधारलाई उपयोग गर्दै नेपालमै जिन सिक्वेन्सिङ कार्य अघि बढाइने भएको हो ।

यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालका विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान तथा निजी क्षेत्रका ल्याबलाई उच्चतम प्रयोग गर्दैै अनुसन्धान कार्यलाई अघि बढाउने रणनीति लिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताए ।

उनले भने, ‘स्वास्थ्य नीति २०७६ ले समेत प्राज्ञिक संस्था तथा प्रतिष्ठानसँग समन्वय र सहकार्य गर्दै अन्तर्राष्ट्रियस्तरका अध्ययन अनुसन्धान नेपालमै गर्ने व्यवस्था छ । जिन सिक्वेन्सिङका लागि सरकारी प्रयोगशालालाई पहिलो प्राथमिकतामा राखिनेछ ।’

निजी क्षेत्रका प्रयोगशाला र नेपालमा सम्भव नहुने केही परीक्षण भएमा विदेश पनि पठाउन सकिने उनले बताए । नेपालमा हुने स्वास्थ्यसम्बन्धी अनुसन्धान अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्ने भनेको छ । सामान्यतया अनुसन्धानमा प्रयोग हुने नमुनाको १० प्रतिशत नमुना गुणस्तर परीक्षणका लागि विदेश पठाउन सकिनेछ ।

जसले गर्दा नेपालमै हुने अध्ययन अनुसन्धानको गुणस्तरीयता तथा विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरको हुन सहयोग पुग्ने अपेक्षा लिइएको छ । अध्ययनमा नेपालमा संक्रमित व्यक्तिको स्वाब संकलन गरी संक्रमण देखिएका व्यक्तिको स्वाबबाट भाइरसलाई छुट्याई ती भाइरसको उत्पत्ति,प्रकार र उत्परिवर्तनको विस्तृत अध्ययन गरिने परिषद्ले जनाएको छ । याे खबर राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*