सीमाक्षेत्रमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन कांग्रेसको माग

तामसालिङ खबर
३ जेष्ठ २०७७, शनिबार ११:३४

जेठ ३, काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको सीमामा आएर अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउनुपने भन्दै सरकारसँग आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सरकार सँग आग्रह गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा नेपाली अलपत्र अवस्थामा रहेकोले उनीहरुलाई तत्काल स्वदेश फर्काउन माग गरेका हुन् । उनका अनुसार पछिल्लो २४ घन्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेका छन् ।

शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ-‘भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*