कोरोना संक्रमित २५ वर्षीया एक युवा डिस्चार्ज, निको हुनेको संख्या ३६ पुग्यो

तामसालिङ खबर
३ जेष्ठ २०७७, शनिबार ११:२५

जेठ ३, काठमाडौं – नेपालमा थप एक जनाले कोरोनाभाइरसलाई जितेका छन् । कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुर जिल्लाका २५ वर्षीया एक युवाले कोरोना भाइरसलाई जित्न सफल भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उनलाई २७ औं दिनमा शुक्रबार डिस्चार्ज गरिएको जनाइएको छ ।

यस सँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ३६ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय २७३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*