विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारको आन्तरिक तयारी

सबै भन्दा बढी समस्या खाडी मुलुकमा
दिलकुमार पाख्रीन
२ जेष्ठ २०७७, शुक्रबार १३:२७

जेठ २, कुवेत – सरकारले विदेशमा विभिन्न किसिमले अलपत्र परेका नेपालिहरुलाइ स्वदेश फर्काउने आन्तरिक तयारी गरिरहेका छन । सरकारले गरेको अध्ययन अनुसार क्रमबद्ध अनुसार बढी समस्यामा परेकालाइ पहिलो प्राथामिकता सहित दोस्रो तेस्रो गर्दै स्वदेश फर्काउन प्रयास गर्ने भएको छ । कोरोनाका कारण विभिन्न खाले समस्यामा परेका १ लाख २७ हजार भन्दा बढी विश्वका विभिन्न देशबाट नेपालिहरु स्वदेश फर्कन तयार रहेको सरकारी अध्ययनले अनुमान गरेको छ ।

सरकारले तयार गरेको प्राथामिकताको आधारमा स्वदेश फर्काउने निर्णय अनुसार ६ तहमा वर्गीकरण गरिएको छ । एक नम्बरमा श्रम स्वीकृति वा करार अवधि सकिएर नेपाल फर्कन तयार भएका तर लकडाउनका कारण विदेशमै रोकिएकाहरुलाई राखिएको छ ।

दोस्रो नम्बरमा नयाँ श्रम स्वीकृति (व्यक्तिगत र संस्थागत) लिई वैदेशिक रोजगारीमा गएका, तर करार अवधिभित्रै कोरोनाको कारण रोजगारी गुमाएर स्वदेश फर्कन खोज्नेहरुलाई राखिएको छ । तेस्रो नम्बरमा पुनः श्रम स्वीकृति वा वैधानिकीकरण भै वैदेशिक रोजगारीमा गएका र रोजगारी गुमाई फर्कन खोज्नेहरु, चौथौ नम्बरमा श्रम स्वीकृति लिएको कम्पनी छोडी भागेर अन्यत्र काम गर्दा गैर-कानुनी भएकाहरु, पाँचौं नम्बरमा आममाफीमा सहभागी भएकाहरु र अन्तिममा श्रम अवभिभित्र रहेका, रोजगारीमा समस्या नभए पनि अहिलेको अवस्थामा स्वेच्छाले स्वदेश फर्कन खोज्नेहरुलाई राखिएको    छ ।

स्वदेश फर्किन चाहानेहरुको सुचिमा सबैभन्दा बढी मलेसियाबाट रहेको छ भने कतार, साउदी, कुवेत, बहराइन र ओमनबाट लगायतको खाडी मुलुकबाट स्वदेश फर्किन चाहानेहरु रहेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञावालिका अनुसार रोजगार गन्तब्यमा विभिन्न खाले समस्यामा गुज्रीरहेका नेपालिहरुलाइ स्वदेश फर्काउने आन्तरिक तयारी भैरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै हेल्थ डेस्क राखेर नेगेटिभलाइ प्रदेश र स्थानिय तहलाइ जिम्मा दिने, शंकास्पदलाई क्वारेन्टाइन गराउने र पोजिटिभलाई आवस्यक आइसोलेशन गराउने गरि तयारी भैरहेको बताएका छन । तर कहिले उडान गराउने कुन देशबाट पहिलो उडान गराउने भन्नेबारे स्पष्ट खुलाइएको छैन ।

सामाजिक सञ्जाल र विभिन्न संचार माध्यमलाइ हेर्ने हो भने कुवेतको समस्यालाइ सबै भन्दा पहिले र ठूलो समस्याको रुपमा लिन सकिन्छ । कुवेतमा गत अप्रील एक तारिक देखि कुवेत सरकारले प्रदान गरेको आममाफीको प्रयोग गरि नेपाल फर्किनको लागि शेल्टरमा रहेकाहरु मात्रै पनि २६-२७ सय नेपालिहरु छन ।

त्यसो त कोरोना भाइरसका कारण रोजगारी गुमाएका, कोरोनाको प्रकोप भन्दा पहिले वा सो अवधिमा भिसा सकिएका र कम्पनिले टर्मिनेट गरेर नेपाल जाने प्रतिक्षामा बसेकाहरु २५ देखि ३० हजारको हाराहारीमा रहेका छन । मलेसियाबाट सबै भन्दा धेरै नेपालिहरु नेपाल फर्किने तयारिमा हुँदा सरकारले उनिहरुलाइ फर्काउन कुनै तयारी नगर्दा कुवेत लगाएतका देशहरुबाट पनि समस्या बढेको छ ।

आगामी १८ मे बाट युएइ सरकारले पनि तीन महिनाको लागि आममाफी घोषणा गरेको छ । युएइ सरकारले अवैधानिक रुपमा बसोबास गरेकाहरुले तीन महिनाभित्र देश छोड्न सुझाव दिँदै आममाफी घोषणा गरेको छ । कुवेत सरकारले नेपाल सरकारको उडान अनुमती पर्खेर बसेको छ । नेपाल सरकारले उडान अनुमती दिएकै दिन कुवेत सरकारले नेपालिहरुलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइदिने तयारी गरेर बसेको छ ।

कतिपय कुवेतका ठूलो संख्यामा नेपालिहरु कार्यरत कम्पनिले नै प्लेन चार्टर्ड गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म पुर्‍याइदिने प्रस्तावहरु अघि सारेको छ। त्यसो त कुवेत र युएइबाट आममाफी प्रयोग गरेर नेपाल फर्किने नेपालिहरुले रोजगार खुलेर पुन रोजगारिको लागि सो देश फर्किन चाहेमा फर्किन सक्ने ब्यबस्था गरेको छ ।

अन्यथा डिपोर्ट गरेर पठाइएका विदेशी नागरिकहरुलाइ कालो सुचिमा राखी ५ बर्ष सम्म जिसिसीका मुलुकमा प्रवेश गर्न नसकिने गरि पठाउने प्रचालित कानूनमा उल्लेख छ । नेपाल सरकारको बिना पुर्व तयारी र ढिला सुस्तिका कारण एकैपटक ठूलो समस्या झेल्नुपर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*