मकवानपुरको एक जना सहित थप ९ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
२ जेष्ठ २०७७, शुक्रबार ०८:४७

जेठ २, हेटौडा – आज बिहान मकवानपुरको एक जना सहित थप ९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ जना थप भएसंगै संक्रमितको संख्या २५८ पुगेको छ ।

मन्त्रालयका अनुसार मकवानपुरको ३७ वर्षीय पुरुष, बाँके नैनापुर निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष रहेको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपलागञ्जमा परिक्षण भएको थियो ।

मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*