एनआईसी बैंकले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने
जेठ २, काठमाण्डौ – एनआईसी एसिया बैंकले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ महामारीबाट सम्पूर्ण ऋणीलाई परेको असरको मूल्यांकन गर्दै बैंकले आफ्नै प्रयासबाट जेष्ठ महिनाका लागि समेत १० प्रतिशत छुटको योजना लागु गर्ने जनाएको छ ।
जस अनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा दुई प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिना सम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्णरूपमा चुक्ता गरे सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले ल्याएको जनाएको छ ।