यसरी सुधार्न सकिन्छ, कोरोना कहरपछि नेपालको कृषि प्रणाली
कोरोना भाइरस (कोभिड-१९) ले गर्दा देश यतिबेला लकडाउनमा रहेको छ । देशको र यो सरकारको मुख्य प्राथमिकता कोरोनाको संक्रमण र प्रभावलाई रोकथाम र नियन्त्रण गर्नुनै हो । जबसम्म नागरिक स्वास्थ हुदैनन् तबसम्म देश स्वास्थ हुदैन । यसको निम्ति पर्याप्त रुपमा परिक्षणको दायरा बढाउनुपर्ने हुन्छ । पिसिआरको माध्यमबाट सम्पुर्ण जनतालाई जाँच गराउनुपर्दछ । लकडाउन खुकुलो पार्नुभन्दा पनि अझ कडा बनाइनुपर्छ र यसको सम्भावना हेरेर खुकुलो पनि बनाइनु पर्दछ । संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ब्यबसायको रुप र प्रकृतीहेरि उत्पादनमा नलाग्ने हो भने देशको आर्थिक अवस्था डामाडोल हुने निश्चिति प्राय छ ।
कोरोनाले गर्दा यतिबेला मुलुकको कृषी प्रणाली डामाडोलको स्थितिमा रहेको छ । अब कृषिको रुपान्तरण गर्दा जरै देखि गर्नुपर्ने हुन्छ । पहिला लकडाउन बाट सबैभन्दा ठूलो नोक्सानी जनताको खानपिन र खाध्य्यानमा देखिएको छ यश बिसयमा केन्द्रिय मन्त्रालय र प्रदेश कृषि मन्त्रालय चनाखो हुनुपर्दछ । यश बिसयमा बेलैमा नसोच्ने हो भने गम्भीर स्थिति सामना गर्नुपर्ने र सामाजिक टकराब बड्ने देखिन्छ ।
मुलुकको कृषि ओरालो लाग्दै गएको छ । कृषिमा विभिन्न बिचौलिया प्रवेश गर्नु प्रत्यक्ष किशानले अनुदान राहत ऋण नपाउनु यसको असर रहेको छ । अहिले हामीले कृषि कर्ममा प्राय महिला मात्रै देख्ने गरेका छौ पुरुष हरु बिदेशियका छन । अझपनी उहीँ पुरानै पारा ढङ शैली र सभ्यता हामिकहा गएको छैन । अधिकान्श पुरुषहरु कोहि खाडी देश र बिश्वका कयौ सुन्दर देशमा रमाइरहेका छन । यहि शहर र बिदेश पसेका हाम्रो दाजुभाइ दिदिबहिनीहरुलाइ उतै रगत पसिना बगाउन लगाउने होकि घरपरिबारमा बसेर कृषि कर्ममा लगाउने बाताबरण बनाउने हो यश बिसयमा हाम्रो समाजबादी मन्त्री ज्यु हरुले सोच्नै पर्ने बेला आएको छ चाहे केन्द्रिय भन्नुस चाहे प्रादेशिक भन्नुस । अहिले भनिने गरेको समृद्धि विभिन्न मन्त्रालय खल्ती बालुवाटार सिंहदरबार र प्रदेशका केही मन्त्रालयका कोठा भित्र मात्रै देखिने गरेका छन ।।
कसरी सुधार्ने कृषि प्रणाली
१) रातारात परिबर्तन सम्भब छैन तर एउटा मानिस पदमा पुग्छ र उसले म गर्छु भन्ने उसमा हिम्मत तागत आउदैन तबसम्म समृद्धि र प्रगति कृषिमा हुन आकाशको फल आँखा तरि मर शिबाय केहि हुदैन । बन्न र सप्रीन ५० औ बर्ष लाग्छ जसरी बिग्रन ३० औ बर्ष लाग्यो ।
२) बिचौलियालाई ऋण र अनुदान होइन प्रत्यक्ष किशानलाई सहुलियत ऋणको ब्यबस्था गरिनुपर्दछ अनुदान पुर्ण रुपमा बन्द गरिनुपर्दछ र सरल र सहज रुपमा कमसल ब्याजमा ऋणको प्रबाह गरिनुपर्दछ ।
३) जग्गाको वर्गीकरण गरिनुपर्दछ हरेक जिल्ला कुन खेतिको कृषिको लागि उपयोगिता हेरेर हरेक प्रदेश र त्यस भित्र महानगर नगरपालिका गाउपालिका र त्यस भित्र पनि विभिन्न वडा लाई वर्गीकरण गरिनुपर्दछ । आफुलाइ चाहिने हरेक बस्तु उत्पादन आफै गर्नुपर्दछ पुर्ण रुपमा सिचाइ मल बिउको प्रबन्ध गरिनुपर्दछ ।
४) केन्द्र सरकार वा प्रदेश सरकारले छ्नोट गर्ने हरेक कृषिको कार्यक्रम हरेक जिल्लामा एउटै किसिमको हुनुपर्दछ फेरि आबश्यकता फरक भएपनी योजना एउटै हुनुपर्दछ ।
५) यो आर्थिक बर्षलाई खाध्य बर्षको रुपमा घोषण गरि हरेक बाझो रहेका खेतलाइ उत्पादनमा प्रयोग गरिनुपर्दछ ।
६) निजि तथा सरकारी बाझो जमिन कृषि उत्पादनमा लगाउने र त्यसमा स्थानीय तहलाइ पुर्णरुअपमा सहभागीता गराउने र नगर्नेलाइ फाइन गरिनुपर्दछ त्यसको जिम्मेवारी हरेक स्थानीय सरकारले लिनुपर्दछ ।
७) कोरोनले गर्दा हजारौ नेपाली नागरिक आफ्नो देश आउने निश्चित प्राय छ र उनिहरुको रोजगारी गुम्ने अवस्था रहेको छ उनिहरुलाइ पुर्णरुपमा प्राबिधक तालिम दिएर विभिन्न बिश्वबिद्धालय कलेजहरुको समन्वयमा गाउमा नै स्वरोजगारको ब्यबस्थापन गरिनुपर्दछ ।
८) सामुदायिक बन र जङलहरुमा हामीले रुख मात्रै हैन विभिन्न किसिमका बिरुवा जस्तै आँप लिची कटहर घिउकुमारी बरो अमृसो अलैची लगाइनुपर्दछ र रुख बाट झरेको पातबाट प्राङगारिक मलको रुपमा प्रयोग गरि आफ्नै बारिमा हाल्ने ब्यबस्थापन गरिनुपर्दछ त्यसकालागि प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ ।
९) अबको खाध्य संकट टार्न एक छाक ढेडो र एक छाक रोटि भन्ने मुल नाराका साथ अगाडी गैयो भने सस्कृतीको र खानाको पनि प्रबर्द्धन र चामलको खपत कमगर्न सकिन्छ ।
१०) प्रदेश सरकारले एक स्थानीय तहमा एक सुबिधासम्पन्न भन्डारण र कोल्डस्टोरको ब्यबस्थापन गरिनुपर्दछ ।
११) विभिन्न बिचौलिया बाट रोक्नको लागि Digital System को प्रयोग गरि सिधै ग्राहक र किसान् सगको ब्यापारलाई प्रोत्साहन गरिनुपर्दछ ।
१२) माटोको परिक्षण गरि कुन माटोमा कुन कृषि कार्य गर्न सकिन्छ भन्ने अबधारणा सहित स्थानिय तह सकृय भै उत्पादनमा लाग्न जरुरी हुन्छ ।
१३) विभिन्न मन्त्रालय सरकारी भबन होस्टेल कैदिबन्दी सार्बजनिक सस्थान विभिन्न केन्द्रिय मन्त्री का र प्रदेश मन्त्रीका Quarter मा आफै आफुलाइ चाहिने तरकारी आफै उत्पादन गर्नुपर्दछ ।