हेटौंडामा कुखुराको मासु प्रतिकिलो २५० कायम गर्ने निर्णय

तामसालिङ खबर
३१ बैशाख २०७७, बुधबार ०८:२८

बैशाख ३१, हेटौंडा – हेटौंडामा कुखुराको मासु प्रतिकिलो २ सय ५० रुपैयाँ कायम गरेको छ । हेटौंडा उपमहानगरपालिका उपमेयर मिनाकुमारी लामाको अध्यक्षतामा वसेको वैठकले कुखुराको मासुको मुल्य २ सय ५० रुपैँया नै कायम गर्ने निर्णय गरिएको छ ।

वढी मुल्यमा बिक्री गरे कार्बाही गर्ने निर्णय समेत भएको छ । हेटौंडा बजारमा मासु व्यापारीहरुले कुखुरा, खसी, रागाको मासुको मुल्य आफु खुसी बृद्धी गर्दै आएका छन् । पहिले तोकिएको भन्दा वढी अहिले मुल्य बृद्धी गरिए कार्बाही गरिने भएको छ ।

लकडाउनको समयमा मासुमा मुल्यबृद्धि नहुने निर्णय गरेको हो । बैठकले तोकिएको मुल्यभन्दा धेरै मुल्य लिएर ब्यवसाय सञ्चालन गरेको पाईएका कारबाही गर्ने समेत निर्णय गरेको छ । हेटौँडामा कुखुराको मासुमा ब्यवासायी आफैले मुल्यबृद्धि गरेको पाईएपछि बैठक बोलाईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*