निदान अस्पतालमा सेवा लिने २ सय मिर्गौला पीडित बिचल्ली

तामसालिङ खबर
१ जेष्ठ २०७७, बिहीबार ०७:१६

जेठ १, काठमाण्डौ – ललितपुरको पुुल्चोकस्थित आरोग्य फाउन्डेसन र निदान अस्पताललाई प्रशासनले शिल गरेको छ । फाउन्डेसनमा कार्यरत २५ वर्षीया युवतीलाई कोरोना संक्रमण पुुष्टि भएपछि बुधबार बिहान प्रशासनले सिल गरेको हो ।

आरोग्य फाउन्डेसन मार्फत निदान अस्पताल सञ्चालनमा आएको हो । अस्पतालका चिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले अस्पताल सिल भएपछि उपचार सेवा पूर्ण रूपमा प्रभावित भएको जानकारी दिए ।

सामान्य स्वास्थ्य सेवा लिन आउने बिरामीलाई अन्य अस्पताल रिफर गरिए पनि मिर्गौलाको नियमित डायलासिस गराइरहेका बिरामी बिचल्लीमा परेका छन् । डा.श्रेष्ठका अनुसार अस्पतालमा दैनिक ६० जनाले डायलासिस सेवा लिँदै आएका छन् । अस्पताल नै सिल भएपछि सबै सेवा प्रभावित भएको छ ।

निदान अस्पतालबाट दुई सय मिर्गौलाका बिरामीले नियमित रूपमा डायलासिस सेवा लिँँदै आएका छन् । ‘मिर्गौला डायलासिसका लागि अरू अस्पतालमा सम्भव छैन । ठूलो संख्यामा बिरामीहरू डायलासिसको पर्खाइमा हुन्छन् ।

राजधानीका सबै अस्पतालका शैया भरिएका छन् । निदान अस्पतालमा सेवा लिएकाहरूले अब कहाँबाट सेवा लिन्छन्, यकिन हुन सकेको छैन,’ डा.श्रेष्ठले भने । नयाँ पत्रिकामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*