जनता समाजवादीमा महन्थ पहिलो वरियतामा, बाबुरामको दोस्रो

तामसालिङ खबर
१ जेष्ठ २०७७, बिहीबार ११:३३

जेठ १, काठमाडौं – जनता समाजवादी पार्टीमा महन्थ ठाकुरको वरियता पहिलो रहने भएको छ । यसपछि मात्रै डा. बाबुराम भट्टराईको वरियता रहनेछ ।

राजपा र सपा दुबै स्रोतहरूका अनुसार पार्टीको पहिलो वरीयतामा महन्थ ठाकुर रहने यसअघि नै सहमति भइसकेको छ । उनको पद के हुने र ‘सेरेमोनियल’ बनाउने कि कार्यकारी भूमिकामा राख्ने भन्ने कुरा मिल्न बाँकी छ ।

नयाँ शक्तिबाट आएका केही नेताहरू भने बाबुराम भट्टराईलाई पहिलो वरीयतामा राख्न माग गरेका छन् । भट्टराई दोस्रो र उपेन्द्र यादव तेस्रोमा वरीयतामा रहनेमा खासै विवाद देखिँदैन ।

महन्थ ठाकुरलाई ‘सेरोनियल’ नेता मात्रै बनाउँदा कार्यकारी नेतृत्व भट्टराईले गर्ने कि यादवले भन्ने कुरा भने मिल्न बाँकी छ । वरीयताको चौथो नम्बरमा राजेन्द्र महतो, पाँचौमा अशोक राई, छैठौंमा महेन्द्रराय यादव, सातौंमा शरदसिह भण्डारी र आठौंमा राजेन्द्र श्रेष्ठ रहने गरी छलफल भइरहेको    छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*