संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि राष्ट्रपति पुटिनले जारी गरे चेतावनी

तामसालिङ खबर
२५ बैशाख २०७७, बिहीबार ०८:२०

बैशाख २५, एजेन्सी – रुसका राष्ट्रपति पुटिनले कोरोनाभाइरसको बढ्दो संक्रमित भेटिएपछि चिन्ता व्यक्त गरेका छन् । पछिल्लो चार दिनदेखि रुसमा कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

हालसम्म रुसमा संक्रमितको संख्या १ लाख ६५ हजारभन्दा बढी छ भने मृतकको संख्या १५ सय ३७ पुगिसकेको छ । यद्यपि, यहाँ आवतजावत माथि लागेको रोकको प्रतिबन्ध भने हट्ने भएको छ ।

राष्ट्रिपति पुटिनले लगातार चौथो दिन १० हजार नयाँ संक्रमित भेटिएपछि चेतावनी जारी गरेका छन् । उनले आवतजावतमा प्रतिबन्ध हटाइएपछि मानिसहरुले संयमित भएर काम गर्नुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*