‘ज्याकाराण्डा संगै मुस्काइरहेको काठमाण्डौ’

गंगा थुलुङ राई
२४ बैशाख २०७७, बुधबार १८:१३

गंगा थुलुङ राई, झापा

लकडाउनको कारण काठमाडौले आफ्ना दिन अनि रातहरु शुन्यतामा बिताउन थालेको महिना दिन भन्दा पनि धेरै भैसक्यो । २४ सैं घण्टा तै छाड मै छाड गर्दै ब्यस्त हुने सडकहरु यति बेला लामो बिश्राममा सुस्ताएका छन ।

फुस्रा अनि रंग हिन गगन चुम्बी महलका गल्लीहरु यतिबेला फोहोर अनि थोत्रा प्लास्टिकका झुत्राहरुले ढाकिएका छन । मानिसहरुको अनुपस्थितीमा घरका चेपबाट डोलिएर आएको हावासंगै थोत्रा प्लास्टिकहरु सडकका गल्लि तिर उडिरहेका छन । हरपल कोलाहलमा गुज्रिने काठमाडौ शहर यतिबेला गहिरो मौनतामा डुबेको छ ।

जब बसन्त ॠतुको आगमन हुन्थ्यो तब ज्याकारान्डाले आफ्नो सम्पुर्ण अस्तित्वलाई बैजनी रंगमा बदलेर निसफिक्री ढकमक्क फूलिदिन्थ्यो । ब्यस्त सडकमा उडिरहेको धुलोधुवाँले ढाकिएर निसासिएको काठमाडौको मुहारमा कान्ति छरिदिएर सुन्दरता फिजाइदिन्थ्यो ।

बसन्त ॠतुको आगमनसंगै यतिबेला काठमाडौ ज्याकारान्डामय हुनु पर्ने हो । तर अपसोच काठमाडौले आफ्नो विकासको गतीसंगै ज्याकारान्डालाई गुमायो । अब आउने कुनै पनि बसन्त ॠतुमा काठमाडौको रिङ रोडको दायाँबायाँ ज्याकारान्डा बैजनी रंगमा सजिएर ढकमक्क फूलेको देख्न पाइने छैन । सडक बिस्तारका क्रममा ज्याकारान्डाका सबै रुखहरु मुला काटिए सरि काटिए ।

करिब पचास वर्षको आयु बोकेर बाचेको ज्याकारान्डाको जीवन चक्र सदाको लागि समाप्त भएको छ । अब फेरि यहि ठाउँमा बन्दै गरेका नयाँ सडकको पेटीहरुमा पहिलाको जस्तै ज्याकारान्डाको हरियालीसंगै फूल फूलेको देख्न पाइन्छ या पाइदैन त्यो आउने भविष्यले बताउला ।

धुलोधुँवा, सवारीसाधनहरुको चाप अनि कंक्रीडले ठडिएको घरैघरको भारलाई धानिरहेको काठमाडौ शहरलाई ज्याराकान्डाको रुखहरुले केही हदसम्म हरियालीको आभास दिलाएको थियो । जब बसन्त ॠतुको आगमन हुन्थ्यो तब ज्याकारान्डाले आफ्नो सम्पुर्ण अस्तित्वलाई बैजनी रंगमा बदलेर निसफिक्री ढकमक्क फूलिदिन्थ्यो । ब्यस्त सडकमा उडिरहेको धुलोधुवाँले ढाकिएर निसासिएको काठमाडौको मुहारमा कान्ति छरिदिएर सुन्दरता फिजाइदिन्थ्यो ।

शहरसंग सुबिधा छ तर आत्मियता प्रेम छैन । शहरमा विकाश छ तर बिश्वास छैन । त्यसैले यहाँका मान्छेहरु ब्यस्त छन तर व्यबस्थित छैनन । जुनसुकै फूल होस । फूल अनि रुख बिरुवाको हरियाली भने पछि म त्यसै हुरुक्क हुने गर्छु । जहाँ होस, सर्वप्रथम आफू बसेको वरिपरिको बाताबरण सकभर प्रकृतिमय होस भन्ने लाग्छ । किन कि मेरो प्रकृतिसंग गहिरो प्रेम छ ।

अरुलाई हुन्छ या हुदैन तर मलाई काठमाडौको सडकको पेटी तिर फूलिरहेका आरु अनि ज्याकारान्डाको फूलहरुले विभिन्न ॠतुहरुको आभास दिलाउने गर्छ । मसंगै सडकमा हिडिरहेका अन्य मानिसहरुको ध्यान त्यतातिर जान्थ्यो या जान्नथ्यो । तर म सडकमा एक्लै हिड्दा यिनै आरुको रुख, रक्तचन्दन अनि ज्याकारान्डाको हरियाली तिर मेरो नजर दौडिने गर्दथ्यो । शहर कंक्रीडको बस्ती हो । जहाँ फूलहरुको बस्ती भेट्न धेरै मुस्किल हुन्छ । शहर रोजाई भन्दा पनि एक बाध्यात्मक परिस्थितिको बसाई हो । मै जसरी जीवन संघर्ष गरेर बाँच्नेहरुको संख्या यो शहरमा लाखौको हाराहारीमा छ । शहरसंग पर्याप्त सुख छ तर रत्तिभर खुशी छैन । शहरसंग सुबिधा छ तर आत्मियता प्रेम छैन । शहरमा विकाश छ तर बिश्वास छैन । त्यसैले यहाँका मान्छेहरु ब्यस्त छन तर व्यबस्थित छैनन । एक वर्ष अघिको काठमाडौ शहरलाई सम्झिन्छु ।

रुखको हाँगामा बाचुन्जेल आकाशलाई सिगार्थ्यो । भुइँमा झरे पछि धर्तीलाई सिगार्थ्यो । ज्याकारान्डाका फूलहरुसंगै काठमाडौ मुस्कुराउथ्यो । काठमाडौको रिङ रोड यो समयमा ज्याकारान्डामय हुने गर्थ्यो । जताततै ज्याकारान्डा बैजनी रंगमा फक्रीएर ढकमक्क फूलेको हुन्थ्यो । हावाको झोकासंग ठोक्किएर झरेका ज्याकारान्डाका फूलहरुले सडकमा हिडिरहेका पैदल यात्रीहरुको शिरमा स्पर्श गर्दै फूल छरेर स्वागत गरे झै आभास हुन्थ्यो ।

रुखको हाँगामा बाचुन्जेल आकाशलाई सिगार्थ्यो । भुइँमा झरे पछि धर्तीलाई सिगार्थ्यो । ज्याकारान्डाका फूलहरुसंगै काठमाडौ मुस्कुराउथ्यो । रिङ रोडको बस बिसौनीमा बस पर्खिएर उभिदा ज्याकारान्डाको हाँगामा बसेर एकाअर्का बिच कुराकानी गरिरहेका चराहरुको चिरबिर चिरबिर आवाजहरु सुन्न पाउँदा दिन भरिको थकान अनि कोलाहलको दिक्दारीलाई एक्छिन भए पनि भुलाइदिन्थ्यो । साझपख रुम फर्किदा गुडिरहेको बसको झ्यालबाट ढकमक्क फूलिरहेको ज्याकारान्डाको फूललाई चिहाउदै यात्रा गर्नुको मज्जा नै बेग्लै हुन्थ्यो ।

काठमाडौको भौतिक स्वरुप बदलियो तर त्यस भित्र बाचेको थोरै हरियाली सदाको लागि उजाडियो । अब काठमाडौले पहिलाको जस्तै ज्याकारान्डामय अनुभुती गर्नको लागि वर्षौ वर्षको प्रतीक्षा गर्नु पर्ने हुन्छ । तर यो कुराबाट काठमाडौ शहर अहिले सम्म पनि बेखबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*