हेटौंडा बजारमा बिना काम हिड्नेलाई कारवाही गर्ने

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार ०७:०६

बैशाख २४, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा चहलपहल बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको कमाण्ड पोष्टको बैठकले लकडाउनकाे केही रणनीतिमा कडाई गर्ने भएको छ ।

मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले विना काम ९ बजे पछिकाे समयमा हेटौंडा बजार डुल्नेलाई कारवाही गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । विहान वेलुका हिड्ने, विना काम बजारमा घुम्न निस्कने जस्तो अनावश्यक रुपमा हिड्ने क्रम बढेकाे पाइएपछि कडाई गर्ने निर्णय कमाण्ड पोष्टले गरेकाे हाे ।

त्यस्तै मकवानपुरको दक्षिणी सीमा क्षेत्रबाट आउने साना ठूला सवारी साधन र मानिसको आवागमन रोक्ने निर्णय भएको प्रशासनले जनाएको छ । अत्यावश्यक बाहेक अन्य सवारी साधन मंगलबारदेखि हेटौंडा प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*