राक्सिराङका वडा सदस्य निधन

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार ०६:२१

बैशाख २४, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकाका वडा सदस्यको फोक्सो क्यान्सको कारण मृत्यु भएको छ । वडा नम्बर ३ का निर्वाचित वडा सदस्य दलराज शाहको मंगलबार निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका शाहको फोक्सोको क्यान्सरका कारण ५९ बर्षको उमेरमा निधन भएको ३ नं वडाध्यक्ष बाबुलाल स्याङतानले बताउनु भयो । २०७४ साल बैशाख ३१ गतेको स्थानीय तहको निर्बाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट खुला सदस्यमा निर्बाचित शाह असल समाजसेवी र अगुवा किसान थिए ।

८ महिनाबाट क्यान्सर पीडित रहेका उनी नेकपाका नेता समेत थिए । उनको मृत्युले पार्टीलाई क्षति पुगेको ३ नं वडाध्यक्ष बाबुलाल स्याङतानले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*