लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने

तामसालिङ खबर
१८ बैशाख २०७७, बिहीबार १७:४२

बैशाख १८, काठमाडौं – सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्ने सँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् ।

कोभिड-१९ को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्नेगरी आर्थिक प्याकेज ल्याएको सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो ।

त्यस्तै, यसअघि सरकारले गरेको एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ । यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

गत महिना कोरोनाको प्रारंभिक आर्थिक असर सम्वोधन गर्न भन्दै सरकारले ल्याएको आर्थिक प्याकेजमा शहरी क्षेत्रमा घरभाडामा वस्ने असंगठित श्रमिकहरुलाई एक महिनाको घरभाडा छुट दिन घरधनीहरुलाई सरकारले आग्रह गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*