थप ७ जनामा कोरोना पोजेटिभ पुष्टी, नेपालमा संक्रमित संख्या ८२ पुग्याे

तामसालिङ खबर
२३ बैशाख २०७७, मंगलवार ०८:४७

बैशाख २३, काठमाडौं – नेपालमा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । सुदुर पश्चिम प्रदेशको भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा नेपालगन्ज निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ ।

बाँकेमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*