बैतडीमा चट्याङ लागेर तीनजना घाइते

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार ०९:०७

बैशाख १३, बैतडी – चट्याङ लागेर बैतडीमा तीनजना घाइते भएका भएका छन् । डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ वर्षीया हेमन्ती लुहार, १८ वर्षीया सुनिता लुहार र ४५ वर्षीया भुरी लुहार रहेका प्रहरीले जनाएको छ ।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हेमन्तीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको जनाइएको छ ।

शुक्रबार राति करिब ९ बजे परेको चट्याङले हेमन्तीको घर सँगै अन्य १२ जनाको घरको मिटरबक्स र विद्युतीय उपकरणमा पनि क्षति पुगेको स्थानीय प्रकाश लुहारले जानकारी दिए । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*