झापामा एक जनामा कोरोना पुष्टी, संक्रमित संख्या ४९ पुग्यो

तामसालिङ खबर
१२ बैशाख २०७७, शुक्रबार २१:४१

बैशाख १२, झापा – नेपालमा शुक्रबार थप एक जनामा कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ वर्षीय एक पुरुषमा संक्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयकाअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । कोरोना संक्रमितमध्ये १० जना निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*