सरकार विरुद्ध नेवि संघद्वारा देशभर विरोध प्रदर्शन

तामसालिङ खबर
१२ बैशाख २०७७, शुक्रबार १०:३०

बैशाख १२, हेटौडा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको बिरोधमा देशभर प्रदर्शन गरेको छ । नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।

हिजो विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने जनकारी दिएका   थिए । सोही अनुसार हेटौँडाको बुद्ध चोकमा पनि प्रदर्शन गरेको नेवि संघ मकवानपुरले जानकारी दिएका छन् । नेवि संघ मकवानपुरले भ्रष्टाचारीलाई कारवाही, अध्यादेश फिर्ता लगायतका नारासहितको प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

कोरोनाको संक्रमणबाट जनतालाई बचाउनुपर्ने अवस्थामा सरकारले राजनैतिक स्वार्थका लागि अध्यादेश ल्याएको भन्दै नेविसंघले विरोध प्रर्दशन गरेको उनीहरुको भनाई छ । यसअघि बिहीबार बिहान नेबिसंघका पूर्व अध्यक्ष रन्जित कर्णको नेतृत्वमा विध्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*