नेपालमा कोरोना संक्रमित २ जना थपिए संगै ४७ पुग्यो

हालसम्म ९ जनाको सफल उपचार भै घर फर्किए
तामसालिङ खबर
११ बैशाख २०७७, बिहीबार १७:४३

बैशाख ११, हेटौंडा – बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आज थपिएको २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाका अनुसार सलार्हीमा १४ वर्षीय किशोर र उदयपुरमा ५५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको बताए । कोरोना संक्रमणको सफल उपचार भै हाल सम्म ९ जना डिस्चार्ज भै घर फर्केको डाक्टर देबकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*