राहत नपाए फोकल अधिकारीलाई फोन गर्नुहोस् (फोन नम्बर सहित)

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ११:०८

बैशाख ९, काठमान्डौ – सरकारले राहत पाउन नसकेका विपन्न नागरिकबारे सूचना लिन सातै प्रदेशमा फोकल अधिकारी तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना जारी गर्दै सबै प्रदेशमा फोकल अधिकारी तोकिएको जानकारी दिएको हो ।

फेकल अधिकारीका रूपमा उपसचिवहरू क्रमशस् प्रदेश–१ मा प्रह्लाद कार्की, प्रदेश– २ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुसाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले तथा सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएका छन् ।न

लकडाउनको अवधिमा नागरिकले राहत प्राप्त गर्न नसकेको भए स्थानीय तहहरूसँग समन्वय र सहजीकरण गर्ने उद्देश्यले उनीहरूलाई जिम्मेवारी तोकिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

‘राहत पाउन नसकेका उल्लेखित वर्गका व्यक्तिहरूले सम्पर्क गर्न हुन तथा आ–आफ्नो टोल, छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरूबारेमा एसएमएस मार्फत सम्पर्क गराई सहयोग गर्नु हुन मन्त्रालय सम्पूर्ण राजनीतिकर्मी, बुद्धिजीवी, पेशाविद्, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*