भारतमा ५३ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टी

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०८:४३

बैशाख ९, भारत – छिमेकी राष्ट्र भारतमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । स्थानीय सञ्चार माध्यम हफपोष्टले सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेले हफपोस्टलाई बताए अनुसार १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । ‘परीक्षणका लागि पठाइएको १ सय ६७ पत्रकारहरुको नमुना मध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको छ’, उहाँले भन्नुभयो, ‘यो संख्या अझै बढ्न सक्छ ।’

कोभिड १९ रिपोर्ट पोजिटिभ आएका ५३ जनामा समाचार च्यानलका सम्वाददाता, क्यामेरा पर्सन र फोटो पत्रकारहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*