कोरोना विरूद्ध लड्ने एन्टिबडी ७१ बर्षीय वृद्धमा देखियो

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार १८:२६

बैशाख ७, सप्तरी – सप्तरीमा एकजना वृद्धमा कोरोना भाइरस विरूद्ध लड्ने एन्टिबडी देखिएको छ । जिल्लाकाे सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरका ७१ वर्षीय वृद्धको आरडिटी टेस्ट गर्दा एन्टिबडी देखिएको बताइएकाे छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा उनमा कोरोना भाइरस विरूद्ध लड्ने एन्टिबडी देखिएको छ ।

आरडिटीमा एन्टिबडी देखिएपछि अहिले उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने पिसिआर परीक्षण गर्न उनको थ्रोट स्वाबको नमूना संकलन गरी धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*