आईसोलेशन वार्डमा उपचाररत दुई बिरामीको मृत्यु

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार ०८:२३

बैशाख ७, नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा निधन भएको छ । शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल-३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर-५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले जानकारी दिए। मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए । यसअघि मृतक शर्माको गत बैशाख ३ गते गरिएको स्वाव परिक्षणमा नेगेटिभ नतिजा आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*