थप एक जनामा काेराेना संक्रमित देखियो

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार ०७:५०

बैशाख ७, काठमाडौ – दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन शनिबार नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

उदयपुरको त्रियुगा स्थित एक मस्जिदबाट ल्याइएका मध्ये थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएका व्यक्ति विराटनगरका ६५ वर्षीय वृद्ध रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

विराटनगर स्थित कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट संक्रमण पुष्टि भएको हो। उदयपुरबाट शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये संक्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड १९ उपचार केन्द्रमा राखिएको थियो ।

उनीहरुसँगै बसेका ४ जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको थियो । ती चार जनामध्ये एकजनाको रिपोर्टमा शंका लागेर पुनः नमुना परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको कोसी अस्पताल स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*