जिउँदो ब्रोइलर कुखुराको मूल्य १२५ प्रतिकेजी निर्धारण

तामसालिङ खबर
४ बैशाख २०७७, बिहीबार ११:३४

बैशाख ४, हेटौडा – मकवानपुरमा कुखुराको मासुको मुल्यवृद्धिको चौतर्फी विरोध भएपछि कुखुरा व्यवसायी संघले आज प्रेस विज्ञप्ती जारी गरेको छ ।

संघले जारी गरिएको विज्ञप्तीमा गत चैत ६ गतेको बैठकले जिउँदो ब्रोइलर कुखुरा प्रतिकेजी १२५ निर्धारण गरिएको बिज्ञप्तीमा उल्लेख छ । अहिले कुखुराको लागत मुल्य १८० प्रतिकिलो पर्न जाने भएकाले लागत मुल्य किसानले पाउनुपर्छ भन्ने हेतुले केहि मुल्य समायोजन गर्न खोजिएको भए पनि चौतर्फी विरोध आएकोले हाललाई उक्त मुल्य १२५ नै प्रतिकिलो यतावत् राखिएको बिज्ञप्तीमा उल्लेख छ ।

१ सय रुपैया प्रतिवटा भनिएको जिउँदो कुखुरा ब्रोइलर नभई लेर्यस कुखुराको १२ दिन अगाडीको मुल्य रहेको संघका अध्यक्ष राजु अधिकारीले बताए ।

दाना बनाउने कच्चा पदार्थ दिन प्रतिदिन अभाव भइरहदाँ उच्च मुल्यमा कच्चा पदार्थ खरिद गर्न बाध्यता रहेको छ । मुल्य बढ्दा लागत बढ्ने भएकाले विक्री मुल्य बढाउन खोज्दा कालोबजारीको नामाकरण नगरी मानविय भावनाले हेरिदिन बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्ती हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*