भाटभटेनीद्वारा सुदूरपश्चिम प्रदेशलाई २५ लाख सहयोग

तामसालिङ खबर
३ बैशाख २०७७, बुधबार १५:२१

बैशाख ३, काठमाडौं – भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण एवं उपचारमा सहयोग पुर्याउने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकारका लागि २५ लाख सहयोग गरेको छ ।

भाटभटेनीका सन्चालक मीन बहादुर गुरुङले सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा गइ खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरे ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छिन् । सूदुरपश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ । कोरोना राहत कोषका लागि भाटभटेनीले उक्त सहयोग गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*