नेपालमा लकडाउन बढाउने तयारी

तामसालिङ खबर
२ बैशाख २०७७, मंगलवार १४:१४

बैशाख २, हेटौडा – नेपाल सरकारले कोरोना संक्रमणबाट बच्नको लागि चौथो पटक लकडाउन बढाउने तयारी गरेको छ ।

आजै लकडाउनको विषयमा घोषणा हुने बताईएको छ । नेपालमा दिन प्रतिदिन कोरोना भाईरस संक्रमणको बृद्धि हुँदै गएपछि सरकारले लकडाउन बढाउने तयारी गरेको हो ।

नेपालमा हाल सम्म १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जस मध्ये १ जना निको भएको छ भने १५ जना उपचार गरिरहेका छन् । आजै मात्र छिमेकी राष्ट्र भारतले पनि बैशाख २१ गते सम्म लकडाउन बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*