थप दुई जनामा कोरोना संक्रमण पुष्टी, र्‍यापिड टेस्टमा तीन जनाको पोजेटिभ देखियो

तामसालिङ खबर
२ बैशाख २०७७, मंगलवार ०७:५७

बैशाख २, हेटौडा – नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या बृद्धि भैरहेको छ । सोमबार कैलालीको लम्की चुहाका ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी    थिइन् ।

उनी वीरगन्जमा चिया पसल संचालन गर्दै आइरहेकी थिइन् । लक डाउनले समस्या पारेपछि उनी १७ चैतमा कैलालीको लम्की गएकी थिइन् । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेर र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यस्तै, रौतहटका एक युवकमा संक्रमण भएको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दिल्लीको ब्याग उद्योगमा काम गर्दै आइरहेका उनी तीन जना साथी सहित हिडेका थिए । मोतिहारीसम्म औषधिको ट्रक चढेर आएका उनी हिँडेरै आएका थिए । कैलाली र रौतहटमा कोरोना सक्रमित पुष्टी भए संगै नेपालमा १४ जना पुगेको छ ।

उनी १६ चैतको मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेका थिए । जनकपुरबाट आएको टोलीले क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगेका थियो, त्यसमध्ये उनमा संक्रमण देखिएको थियो । संक्रमित युवकलाई उपचारका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको छ ।

सोमबार नै कारोनाको र्‍यापिड टेस्टमा तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । बेलायतबाट फर्केर काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका उनीहरुमा र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि कोरोना परीक्षणका लागि पठाइएको छ ।

पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. आशिष श्रेष्ठका अनुसार उनीहरु तीन जनाकै र्‍यापिड टेस्ट पोजिटिभ देखिएको हो । उनीहरु तीनै जना पाटन अस्पतालमा भर्ना भएको जनाइएको छ । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्दा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन् ।

अपार्टमेन्टमा बस्ने तीन जनालाई र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि अपार्टमेन्टलाई नै लक डाउन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*