अनिश्चितकालका लागी साउदीमा कर्फ्यु

तामसालिङ खबर
३० चैत्र २०७६, आईतवार १७:२०

चैत्र, एजेन्सी – कोरोना भाइरसको संक्रमण पछि साउदी अरेबियाले लगाएको कर्फ्यु अनिश्चितकाल सम्मका लागि बढाएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले अर्को सूचना जारी नभए सम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर लगाइएको २१ दिने कर्फ्यु बढाउन निर्देशन दिएका हुन् ।

साउदीमा हाल सम्म चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*