डडेल्धुराको आइसोलेसनमा रहेका दुई जना भागे

तामसालिङ खबर
३० चैत्र २०७६, आईतवार ११:०६

चैत्र, डडेल्धुरा – डडेल्धुरामा आइसोलेसनमा रहेका दुई जना भागेका छन । भारतबाट आएका र कोरानाको आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिए दुईजना शनिबार दिउँसो अस्पतालबाटै भागेका हुन ।

भाग्ने दुईजना आमा छोरा रहेको र अनिहरुलाई कोभिड १९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए ।

अस्पतालले उनीहरुको शुक्रबार नमूना संकलन गरेर काठमाडौं पठाइएका जनाइएको छ ।उनीहरूको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*