कुखुरा व्यवसायीको समस्यालाई गम्भिर ठान सरकार

तामसालिङ खबर
२९ चैत्र २०७६, शनिबार ०५:०६

चैत्र, हेटौडा – कोरोना भाइरसले विश्व महामारीमा ग्रसित भइरहेको छ । भाइरसको प्रभाव नेपालमा पनि छ । सरकारले लकडाउन गरेपछि भाइरस सर्नबाट बन्चित भएको छ ।

लकडाउनले धेरै जसो क्षेत्रमा समस्या उत्पन्न भएको छ भने हजारौं व्यवसायीको ब्यबसाय धरासायी बनेको छ । नेपाल आत्मनिर्भर भएको कुखुरा व्यवसाय अहिले कोरोनाले व्यावसाय धारासायीमा पुगेको छ । कहिले वर्डफ्लुका कारण त कहिले कोरोनाका कारण व्यावसायी धारासायी भएको छ ।

कोरोनाले विश्वनै समाप्त पार्ने अवस्थामा रहेको बेला अहिले सामाजिक संजालमा चल्ला र विक्री गर्ने बेलाका र केहि दिन भएका कुखुराहरु दाना खुवाउन नसकि र बिक्री नभई पुर्न बाध्य भइरहेको समाचार र भिडियोहरु आईरहेका छन् । जनसरोकार केन्द्र मकवानपुरले एक विज्ञप्ती जारी गर्दै कुखुरा पालक किसानलाई उचित राहत दिन पहल गरेको छ ।

केन्द्रका संयोजक ध्रुव प्रसाद चौलागाईले विज्ञप्ती जारी गर्दै दाना खान नपाएर कुखुरा मरेको देख्दा, थुप्रिएको अण्डा विक्री नभई फाल्नू पर्दा, विक्री गर्नुपर्ने वोईलर कुखुरा विक्री नभई मर्दा, अनी दिनहु बढ्ने बैककों व्याज र धितो रहेको घरजग्गाको ऋण कसरी तिर्ने भनी सम्झदा ती किसानहरूलाई पिड़ा भईरहेको उल्लेख गरेका छन्, ।

कोरोना संग जुध्न सम्पुर्ण शक्ति लगाएको सरकारलाई यो विषय पनि संवेदनशिलनै रहेको र समाधान गर्न ढिला गर्न नहुने भएकोले यदी लकडाउनको अवधी पुनः थप्ने अवस्था रहेमा यो र यस्ता संवेदनशिल समस्याको समाधानको लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय सरकारलाई आजैदेखी प्रभावकारी योजना बनाई क्षतीभएका किसानहरुलाई राहात दिई सहयोग गर्न र समस्यामा परेकालाई चाडोभन्दा चाडो उचित निर्णय सहित राहातको व्यवस्था गर्न र गराउन उनले अनुरोध गरेका छन्, ।

साथै यो साझा समस्या भएकोले समाधानको लागि ऐक्यवद्दता जनाई यस्ता व्यवसायीलाई सहयोग गर्न पत्रकार, बुद्धिजिवी, नागरिक समाज लगायत सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरेका छन् । – सिधा खबर डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*