हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

तामसालिङ खबर
२६ चैत्र २०७६, बुधबार १५:०६

चैत्र, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा रहेको हेटौंडा अस्पताललाई कोरोना भाइरसको रोगसंग लड्नका लागि विबिध स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

नेपाल भारत मैत्री संघको समन्वयमा एलआइसि नेपाल, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक ,एसियन पेन्ट र बर्जर पेन्ट लगायत ५ वटा संस्थाले संयुक्तरुपमा कोरोना भाइरसलाई लक्षित गरि हेटौंडा अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छ्न् ।

सामाजिक विकास मन्त्री युवराज दुलाल, हेटौंडा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल ,मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठ लगायतको उपस्थितिमा एलआइ सी नेपालका हेटौंडा शाखा प्रबन्धक जितेन्द्र साह, नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक भरतप्रसाद अधिकारी लगायतले सामाग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाहरुले संयुक्तरुपमा १० सेट आइसीयु बेड, दुईसय सेट पीपीई, २ सेट अक्सिजन कन्टेनर लगायतका स्वास्थ सामाग्रीहरु हेटौंडा अस्पताललाई हस्तान्तरण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*