लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न नेकपा मकवानपुरको आग्रह

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार १९:१४

चैत्र, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले लकडाउनको पूर्ण रुपमा पालना गर्नका लागि सवैमा आग्रह गरेको छ । पार्टीको मगलबार कार्यालय बैठकपछी विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (कोभिन–१९) को संक्रमण फैलन नदिन सरकारले दुईसाता भन्दा बढीको लकडाउनमा घरमै बसेर सहयोग गर्ने सबै नागरिकलाई धन्यवाद दिइएको छ ।

सरकारले आगामी दिनमा पनि लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले आग्रह गर्नुभयो । बिज्ञप्ती मार्फत अहिलेको कठिन अवस्थामा पनि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति धन्यवाद समेत ब्यक्त गर्नु भयो ।

सवै भन्दा महत्वपूर्ण काम भनेको लकडाउन कार्यान्वयन गर्नु रहेको वताउँदै उहाँले भन्नुभयो–‘सरकारले घोषणा गरेको लकडाउन तेस्रो चरणमा प्रवेश गरेको छ भने दोस्रो चरणमा प्रवेश गरेको कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सबैले सहयोग गर्नका लागि नेकपा मकवानपुर हार्दिक आग्रह    गर्दछ ।’ कोरोनाको सुरक्षाका लागि गुणस्तरीय सामाग्री यथाशिघ्र उपलब्ध गराउन तीनै तहका सरकारसंग नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले आग्रह गर्नुभयो ।

लकडाउनका कारण खान नपाएर कोही कसैलार्ई पनि समस्या हुन नदिन स्थानीय तहबाट एकद्वार प्रणाली मार्फत खाद्यान्न वितरण वितरण गर्नका लागि पार्टीले अनुरोध गरेको छ । यो लकडाउनको अवधिमा आफ्नो छरछिमेकमा हुनेले सहयोग गर्ने परिपार्टीको विकास गर्न अनुरोध समेत गरिएको छ ।

बिज्ञप्ती हेर्नुहोस :-

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*