प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नुहुने

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०९:३०

चैत्र, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । कोरोना भाइरसको कारण मुलुक संकटमा परेको बेला प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्म गरेका काम, तयारी र कार्यायोजनाबारे सम्बोधन गर्न लागेको जानकारी गराउनुभएको थियो ।

यसअघि पनि प्रधानमन्त्रीले काेराेनाबारे देशबासीकाे नाममा सम्बाेधन गर्नुभएकाे थियाे । सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन चैतको ११ गतेबाट २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

यो अवधि नसकिँदै कोरोना संक्रमितको संख्यना ९ पुगेपछि मंगलबारको मन्त्रीपरिषद् बैठकले बैशाख ३ गतेसम्म लकडाउन अवधि थप गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*