काठमाडौंमा तरकारी किनबेच स्थान तोकियो

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०८:०९

चैत्र, काठमाडौं – लकडाउनको बेला उपभोक्तालाई सजिलो र सुरक्षित बनाउन काठमाडौं महानगरपालिकाले तरकारी किनबेच गर्ने स्थान तोकेको छ । लकडाउनको कारण बजार बन्द हुँदा उपभोक्तालाई तरकारी किन्न समस्या भइरहेको छ । लकडाउन अवधिमा नगरवासीलाई दैनिक उपभोग्य वस्तु किन्न निश्चित समय तोकिएको छ ।

महानगरपालिकाले उपभोग्य वस्तु खरिदको लागि बिहान ४ देखि ८ बजेको समय मात्र तोकेको छ । काठमाडौं उपत्यकाको फलफूल तथा तरकारी किनबेचको मुख्य थलो कालिमाटी हो । अन्य स्थानका तरकारी बिक्री केन्द्र लकडाउनका कारण बन्द छन् । एक ठाउँमा मात्र खुला हुँदा कालिमाटी तरकारी बजारमा उपभोक्ताको भिड लाग्ने गरेको छ ।

महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महानगरपालिकाले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रिका लागि स्थान उपलब्ध गराएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफुल तथा तरकारी बजारमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो ।

कालीमाटी तरकारी बजार तथा बल्खु आउने तरकारीलाई काठमाडौँ महानगरपालिकाले तोकेका विभिन्न स्थानबाट बिक्री गर्न व्यवसायीले व्यवस्था मिलाउने र बिक्री हुने वातावरण निर्माण गर्ने पनि निर्णय भएको छ ।

महानगरले कालिमाटीको भिड कम गर्न तरकारी किनबेचको लागि अन्य स्थानमा पनि तोकेको हो । मंगलबार देखि कलंकी चोक, बाफलचाेक, स्यम्भूचोक, बनस्थलीचोक, गंगबुचोक, बसुन्धराचोक, गोपीकृष्ण हलचोक, तिनकुनेचोक र लैनचोरमा पनि सुरक्षित तरिकारीले तरकारी किनबेचको व्यवस्था मिलाइएको जनाएको छ । – जनता समाचार डटकम 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*