राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०७:०९

चैत्र, काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेकाे छ । मन्त्रिपरिषदकाे सोमबारको बैठकले अधिकारीलाई १७ औ गभर्नर नियुक्त गरेको हो ।

पूर्व डेपुटी गभर्नर अधिकारीले अहिले लगानी बोर्डकाे प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आउनुभएको छ । सरकारले अधिकारीलाई गभर्नर छनोट समितिकाे सिफारिस अनुसार नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित गभर्नर छनोट समितिले सोमबार नै अधिकारीलाई गभर्नरको लागि सिफारिस गरेको हो ।

अधिकारीले राष्ट्र बैंकको १७ औ गभर्नरको जिम्मेवारी समाल्ने अवसर पाएको छ । १६ औं डा. चिरञ्जीवी नेपाल ५ वर्षे कार्यकाल पूरा बिदा भएपछि अधिकारी १७ औं गभर्नर बन्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*