बागमती प्रदेशमा २०३ जना आइसोलेसनमा

तामसालिङ खबर
२२ चैत्र २०७६, शनिबार १८:०२

चैत्र, हेटौंडा – कोरोना संक्रमणको आशंकामा बागमती प्रदेशका २ सय ३ जना आइसोलेसनमा राखिएको छ । चितवनमा १ सय ६१, ललितपुरमा २६, सिन्धुपाल्चोकमा ६, सिन्धुलीमा ५, काभ्रेमा ३, मकवानपुरमा र नुवाकोटमा १ र १ जना आइसोलेसनमा छन् ।

ती मध्ये १ सय ३३ जनाको स्वाव परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए ।

यो प्रदेशका १३ जिल्लामा ६ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । २४ घण्टा यता ११ जनालाई आइसोलेसनमा राखिएको र १ जना थप शंकास्पदलाई आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। प्रदेशका १३ जिल्लामा २ हजार ८३ क्वारेन्टाइन शैया निर्माण गरिएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेशभित्र ५ सय ४९ आईसोलेसन शैया १ सय ७८ आईसीयु शैय्या र ६ सय ९२ थान पीपीईको प्रबन्ध भएको प्रवक्ता सुवेदीले बताए । त्यस्तै, थप १ हजार १ सय ४६ क्वारेन्टाइन शैया, १२सय २९ वटा आईसोलेशन शैया र २३ वटा आईसीयु शैया समेत तयारीको क्रममा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*