सुदूरपश्चिममा ३ कोरोना संक्रमित भेटिएको पुष्टी

तामसालिङ खबर
२२ चैत्र २०७६, शनिबार १६:२०

चैत्र, काठमाडौं – सुदुरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये एक जनामा स्थानीय संक्रमण पाइएको छ ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तरा खण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ । ३४ बर्षीय महिला यस अघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै पहिलो पटक नेपाल भित्र कै व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो । तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ । यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ । ती सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*