कोरोना कहर – १० लाखलाई संक्रमण, ५३ हजारको मृत्यु

तामसालिङ खबर
२१ चैत्र २०७६, शुक्रबार १५:५६

चैत्र, काठमाण्डौ – विश्‍व्यापी रुपमा फैलेएको कोरोना भाइरस कोभिड १९ को कारण विश्‍वभर संक्रमितको संख्या १० लाख नाघेको छ ।

पछिल्लो दिन संक्रमितको संख्या करिव ८० हजार थपिँदा १० लाख १४ हजार २५६ जनामा संक्रमण फैलिसकेको देखिएको छ । पहिलो ३ महिनामा संक्रमित मध्ये ३ प्रतिशतको मात्रै मृत्यु भएकोमा अहिले संक्रमितमध्ये ५.३ प्रतिशतको मृत्यु भएको छ ।

हाल सम्म कोरोना भाइरसको कारण मृतकको संख्या करिव ५३ हजार पुगेको छ । जस मध्ये पछिल्लो १ दिनमा ५ हजार ८ सय जनाको मृत्यु भएको हो ।

संक्रमण अहिले पनि देखिएका विरामी ७ लाख ४९ हजार रहेका छन् जसमा ३७ हजार ७ सय गम्भिर अवस्थामा रहेका छन् । हाल सम्म २ लाख १२ हजार जना पूर्ण रुपमा ठिक भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*