काठमाडौं सहित देशभर वायुको गुणस्तरमा सुधार

तामसालिङ खबर
२० चैत्र २०७६, बिहीबार ०६:५१

चैत्र, काठमाडौं – काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ । यसअघि प्राय – तुवाँलो र प्रदूषणले ढाक्थ्यो । कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौं सहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ ।

सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको हो । काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम) को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ ।

‘लकडाउनको सुरुका ३–४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने निकै सुधार भएको छ। राष्ट्रिय मापदण्ड भन्दा पनि निकै कम देखिएको छ ।’ समाचार अन्नपूर्ण पोस्टमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*